
बाँपीझ्याला, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको देख्न सकिन्छ । यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ ।
महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ । यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ । शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलीमिली बत्तीहरु, रङरोदन र फूलहरुले सजाउन थालिएको छ । शिवरात्रीको लागि पशुपतिका गेटहरु सजाउने कार्य जारी रहेको छ भने वरपरका क्षेत्रहरुमा सरसफाईको कार्य जारी छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij