
बाँपीझ्याला, काठमाडौँ । कोशिश क्षेत्री र शिल्पा मास्केको प्रमुख अभिनय रहेको फिल्म ‘परस्त्री’ले फागुन १९ गतेको पूर्वनिर्धारित रिलिज योजना स्थगित गरेको छ । उक्त मितिमा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि प्रदर्शन रोकिएको हो ।
निर्मात्री शर्मिला पाण्डेले प्राविधिक काममा ढिलाइ हुँदा उक्त मितिमा फिल्म नआउने बताइन् । केही दिनअघिसम्म निर्माताले फागुन १९ मा फिल्म ल्याउने भन्दै प्रचारप्रसारलाई तीव्र बनाएका थिए । दीपेन्द्र के खनालद्वारा लिखित यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । फिल्मलाई नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने योजनासहित नयाँ रिलिज मिति घोषणा गर्ने पाण्डेले बताइन् ।

यसैबीच गायक प्रकाश सपुतको डेब्यु अभिनय रहेको फिल्म ‘परदेशी २’को पूर्वनिर्धारित फागुन ५ गतेको प्रदर्शन रोकिएको छ । निर्माताले यसबारे केही उल्लेख नगरे पनि रिलिज मिति आउन डेढ साता मात्र बाँकी रहँदा फिल्म आउने सम्भावना छैन । यो फिल्मलाई आगामी दशैंमा ल्याउने योजनमा निर्माता राजेश बंशल छन् ।
फागुन ५ गते फूलबारी लगायतका फिल्म रिलिज हुने भएपछि परदेशी २ रोकिएको हो । यसअघि यो फिल्म गत वर्षको दशैंमा आउने योजनामा थियो । स्रोतका अनुसार यो फिल्म रिलिज नभएसम्म प्रकाश सपुतले अर्को फिल्म नगर्ने सहमति गरेका छन् । यसर्थ पनि यो फिल्मलाई लिएर सपुतको पनि पर्खाइ व्यापक छ ।
चर्चित फिल्मको दोस्रो श्रृंखला रहेको परदेशी २ को टिजरले आशा गरेअनुसार प्रतिक्रिया पाउन सकेन । यसकारण निर्मातासामु अझै स्तरीय ट्रेलर ल्याउनुपर्ने दबाब छ । अमेरिका जाने सपना बुनिएको यो फिल्म प्रशान्त तामाङ स्टारर फिल्मको दोस्रो सिक्वेल हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij