
बाँपीझ्याला, काठमाडौँ । रिलिजको तीन दिनअघि नै फिल्म ‘ह्यारीकी प्यारी’को प्रिमियर गरिएको छ । मंगलबार बेलुका कमलपोखरीस्थित बिग मुभिज मल्टिप्लेक्समा आयोजित समारोहमा सेलिब्रिटी, सञ्चारकर्मी र अन्य निम्तालु उपस्थित रहे । प्रसिद्ध चिकित्सक तथा गीतकार डा. भोला रिजालको फिल्म निर्माण कम्पनी बीआर प्रोडक्सन यो कमेडी र सोसल ड्रामासँगै फिल्म निर्माणमा फर्किएको हो ।

रिजालका सुपुत्र तथा दन्त चिकित्सक डा. कपिल रिजालले डेब्यु निर्देशन गरेको फिल्मले ग्रामीण युवकले सपना पूरा गर्न गर्ने संघर्षको कथा पेस गर्छ । फिल्मका कलाकारहरु साम्राज्ञी शाह, जितु नेपाल, विजय बरालसहित निर्माता भोला रिजाल, लेखक सुदीप बरालसहितको कास्ट एण्ड क्रिउ टिम प्रिमियरमा उपस्थित रह्यो ।
यसअघि जितुसँग ‘छक्कापञ्जा’ सिरिजमा सहकार्य गरेका दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे पनि प्रिमियरमा सहभागी भए । कलाकारहरु आकाश अधिकारी, ज्ञानेन्द्र देउजा, रमेश उप्रेती, हिमेश पन्त, सन्तोष पन्त, यशकुमार पनि फिल्म हेर्न बिग मुभिज पुगे । प्रिमियरपछि आयोजित मिडिया कन्फ्रेन्समा सबै कलाकारले फिल्मको प्रशंसा गरे ।
उनीहरुले अभिनयदेखि कथावस्तु आफूहरुलाई मन परेको बताए । यो फिल्म आगामी शुक्रबार देशव्यापी प्रदर्शन हुँदैछ । प्रिमियरमा साम्राज्ञी हट एण्ड स्टाइलिस आउटफिटमा उपस्थित थिइन् । साम्राज्ञी आफ्नी आमालाई लिएर प्रिमियरमा पुगेकी थिइन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij