Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

शाहरुख खान स्टारर फिल्म ‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

शाहरुख खान स्टारर फिल्म ‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

बाँपीझ्याला, काठमाडौँ । शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो ।

भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत बुधबार रिलिज भएको यो फिल्मले पहिलो साता नेपाली बक्स अफिसमा समेत आक्रामक कमाइ गरेको छ । यद्यपि नेपालको कमाइ सार्वजनिक भइसकेको छैन । गत शनिबारसम्म नेपालमा फिल्मको कमाइ पाँच करोड नेपाली रुपैयाँ हाराहारीमा थियो ।

विश्वभर रिलिज भएदेखि नै कीर्तिमान बनाइरहेको पठानले सात दिनमा ‘बाहुबली २ : द कन्क्लुजन’को हिन्दी संस्करणको कीर्तिमान तोड्दै सात दिनमै ३०० करोड क्लबमा प्रवेश गरेको हो । बाहुबली-१ लाई ३०० करोड भारु कमाउन १० दिन लागेको ट्रेड विश्लेषक तरण आदर्शले जनाएका छन् ।

‘केजीएफ : च्याप्टर २’ (२०२२) को हिन्दी संस्करणले ११ दिनमा ३०० करोडको आँकडा छुन सक्यो । आमिर खानको दंगल (२०१६) ले त्यसका लागि १३ दिन लगाएको थियो । सञ्जु (२०१८) र टाइगर जिन्दा है (२०१७) दुवैले ३०० करोडको क्लबमा प्रवेश गर्न १६ दिन लगाए । यसैबीच आमिरको पीके (२०१४) र ऋतिक रोशनको वार (२०१९) ले ३०० करोडको उपलब्धि हासिल गर्न क्रमशः १७ दिन र १९ दिन लगाएका थिए ।

‘पठान’को एक हप्ताको बक्स अफिस कलेक्सन (३१५ करोड) केजीएफ : च्याप्टर २ को भन्दा ६५ करोड नेटले बढी छ । पठानले पाँच दिनमा यो रेकर्डलाई तोड्न पहिलो हप्ता राम्रो कमाउन सक्यो । सिद्धार्थ आनन्द निर्देशित पठान गणतन्त्र दिवस २०२३ को एक दिन अगाडि हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज भएको थियो । यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा सलमान खानको समेत विशेष भूमिका छ ।

पठानले रिलिज भएदेखि नै रेकर्ड तोड्दै आएको छ । यसअघि फिल्मले चार दिनमा २०० करोड नेट पार गरिसकेको छ र यो सबैभन्दा छिटो २०० करोड क्लबमा प्रवेश गर्ने हिन्दी फिल्म बनेको छ । फिल्म रिलिज हुनुअघि नै पठानले आफ्नो अविश्वसनीय अग्रिम बुकिङको साथ रेकर्ड तोडेको थियो । पठानको लागि अग्रिम बुकिङ जनवरी २० मा खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार