
बाँपीझ्याला, काठमाडौँ । आगामी माघ २७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ लगायतको प्रमुख भूमिका छ ।

कैलाश राई निर्देशित फिल्मको एक गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् । दुई मिनेट लामो ट्रेलरमा पुष्प र वर्षाबीचको प्रेम र त्यसबीचमा आउने खलपात्रसँगको संघर्षलाई चित्रण गरिएको छ । संगीतमार्फत ट्रेलरलाई रोमान्टिक तुल्याइएको छ भने वर्षा र पुष्पका चरित्रको केमेस्ट्री आकर्षक देखिएको छ ।
समग्रमा यो फिल्म प्रेममा आइपर्ने अवरोधको कथा हो । पुष्प एक्सन दृश्यमा पनि प्रस्तुत भएका छन् । सौरभ इन्टरटेनमेन्ट एण्ड बलाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अरुण तामाङ हुन् । पुष्पको पछिल्लो फिल्म ‘तिम्रो मेरो साथ’ थियो भने वर्षाको आगामी फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij