
बाँपीझ्याला, काठमाडौँ । निर्माताले आर्यन सिग्देलबिनै फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक गरिएको पोस्टरमा उपासना सिंह ठकुरीलाई मात्र चित्रण गरिएको छ । तर सिक्वेलमा आर्यनको सम्भावनाबारे संकेत गरिएको छैन ।

पहिलो शृंखलामा प्रमुख भूमिकामा रहेका सिग्देलबिनै पोस्टर सार्वजनिक गर्नुले उनी दोस्रो शृंखलामा नहुने संकेत गर्छ । ‘डिसेम्बर फल्स’को पहिलो भागको अन्त्यमा पनि उपासनालाई मात्र चित्रण गर्नु र आर्यनलाई नगर्नुले पनि यो अनुमानलाई बल पुगेको थियो । फिल्मको रिजोलुसनमा उपासनालाई मात्र चित्रण गरिएको थियो ।
फिल्मको पोस्ट–क्रेडिटमा उल्लेख भएअनुसार दोस्रो श्रृंखलाको छायांकन युरोपेली मुलुक चेक रिपब्लिकको प्रागमा चैत महिनादेखि सुरु हुँदैछ । केही दृश्य मात्र नेपालमा गर्ने जनाइएको छ । आगामी जनैपूर्णिमामा फिल्म रिलिजको तयारी छ । फिल्मलाई निर्माता रामप्रसाद रिजालले आफैं वितरण समेत गरेका छन् । महेश आर गुप्ताको छायांकन तथा लक्ष्मण रिजालको निर्देशन र लेखनमा फिल्म बन्ने भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij