
बाँपीझ्याला, काठमाडौँ । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो ।

समुन्द्र भट्ट निर्देशित फिल्मको पोस्टरमा नाजिरलाई पारालैंगिक महिलाको लुक्समा देख्न सकिन्छ । हुसेनको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरअनुसार फिल्मका प्रमुख पात्र बनेका नाजिरको पात्र नाम गुलाबी राखिएको छ ।
नाजिरले यो लुक्सका लागि एक वर्षसम्म पारालिंगी महिलासँग संगत गरे । चरित्र निर्माणका लागि उनले क्लबदेखि सपिङ मलसम्म उनीहरुलाई पछ्याए । निर्देशक भट्टले फिल्मको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु नीलहीरा समाज र नीति नेपालसँग पनि परामर्श गरेकी छन् ।
फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक भट्टले यसअघि रिङरोड र आधापेजजस्ता फिल्म निर्देशन गरिसकेकी छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij