
बाँपीझ्याला, काठमाडौँ । धीरज मगर स्टारर फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुने भएको छ । निर्माण कम्पनी आइकोर फिल्म्सले बिहीबार सरस्वती पूजाको अवसरमा फिल्मको नयाँ नाम सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । ‘यसअघि आईएम ट्वान्टी वान’ भनिए पनि नाममा ‘ज्याकी’ थपिएको छ ।

छायांकन सम्पन्न भइसकेयता आइकोरले औपचारिक रुपमा फिल्मको घोषणा गरेको हो । शीर्ष भूमिकामा मगरकै अभिनय रहनेछ । आइकोरको अघिल्लो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’देखि अभिनय करिअर थालेका धीरजको निर्माण कम्पनीसँग दोस्रो सहकार्य हो ।
‘फिल्मको कथावस्तुलाई अझै प्रमुख चरित्रमा केन्द्रित गर्न नाम परिवर्तन गरेका हौं । हामीलाई आशा छ, फिल्म अझै चरित्र केन्द्रित हुनेछ,’ निर्माता प्रज्वल राणाले भने, ‘आईएम ट्वान्टी वान मात्र राख्दा लक्षित उमेर समूहमा मात्र केन्द्रित हुने भएकाले यसलाई बदलेका हौं ।’
रेनशा राई राणा निर्देशित फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ । फिल्मले सपनालाई पछ्याउने तन्नेरीको कथा भन्छ । देखेको सपनालाई पूरा गर्न परिस्थितिले कसरी चुनौती खडा गर्छ भन्ने कथावस्तुमा फिल्म बनेको हो । कोरोना महामारीयता छायांकन भएको यो फिल्मको अहिले पोस्ट प्रोडक्सन भइरहेको छ ।
आइकोर ब्यानरमा यो फिल्मलाई प्रज्वल र प्रभुशमशेर जबराले निर्माण गरेका हुन् । फिल्ममा संगीत कालीप्रसाद बाँस्कोटा र रोहित शाक्यको छ भने छायांकन सुशन प्रजापतिको छ । धीरजको पहिलो फिल्म ‘इन्टुमिन्टु लण्डनमा’ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij