
बाँपीझ्याला, काठमाडौँ । शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ । फिल्मले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा ओपनिङ गरेको बलिउड हंगामाले जनाएको छ । यो बिदा नभएको दिनमा समेत सर्वाधिक ओपनिङ गर्ने रेकर्ड समेत बनेको छ ।

भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिलिज भएको फिल्म देशभर हाउसफुल रह्यो । भारतका तीन ठूला मल्टिप्लेक्स चेन पीभीआर, आईनक्स र सिनेपोलिसमा मात्र फिल्मले २६.५० करोडको कमाइ गरेको तरण आदर्शले जनाएका छन् । यो कुल कमाइको आधा भएको उल्लेख छ ।
गणतन्त्र दिवसको बिदाको दिन भएकाले बिहीबार फिल्मको कमाइमा उछाल आउने आँकलन भारतीय सञ्चारमाध्यमले गरेका छन् । दुई दिनमै १०० करोड पार गर्ने फिल्म समेत पठान बन्ने प्रक्षेपण गरिएको छ । चार दिनको लामो सप्ताहन्त भएकाले फिल्मको कमाइ यसबीच २०० करोड भारु आसपास पुग्ने देखिन्छ । तेलुगू र तमिल संस्करणबाट थप तीन करोड कमाइ भएको जनाइएको छ ।
लगातार ठूला फिल्म समेत असफल भइरहेको बेला पठानले भारतीय बक्स अफिसलाई उद्धार गर्ने देखिएको छ । मुम्बई सर्किटमा मात्र पहिलो दिन पठानका २० हजारभन्दा बढी शो आयोजना गरिएको समेत जनाइएको छ । विदेशमा समेत पठानको कमाइ आकर्षक देखिएको उल्लेख छ । नेपालमा भने पठानको ओपनिङको कमाइ आउन बाँकी छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij