
बाँपीझ्याला, काठमाडौँ । दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ‘कबड्डी ४’पछि मुख्य भूमिकामा दयाहाङ र मिरुनाले पुनरागमन गर्न लागेका हुन् । पोस्टरले प्रमुख पात्रको मनोदशालाई चित्रण गर्छ ।

‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म समेत हो । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्माण गरेको यो फिल्मले अर्कैसँग भागेकी पत्नीलाई फिर्ता ल्याउन मुख्य पुरुष चरित्रले गर्ने संघर्षको कथा पेस गर्छ ।
पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई फिल्मले प्रस्तुत गरेको छ । फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय छ । फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।
उपेन्द्र सुब्बा टेलिभिजन रियालिटी शो ‘पोएट आइडल’मा यतिबेला जजको रुपमा समेत छन् । निर्माता गुरुङको नयाँ फिल्म ‘फूलबारी’ फागुन ५ गते रिलिज तयारीमा छ । दयाहाङको समेत अभिनय रहेको फूलबारीको ट्रेलर मंगलबार सार्वजनिक हुने भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij