
बाँपीझ्याला, काठमाडौँ । जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सन ‘अवतार : द वे अफ वाटर’ नेपालमा अहिलेसम्म सर्वाधिक कमाउने हलिउड फिल्म बनेको छ । प्रदर्शनको पाँच सातासम्म फिल्मले ९ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

दोस्रो सर्वाधिक कमाउने ‘स्पाइडरम्यान : नो वे होम’ (७ करोड ३० लाख) र एभेन्जर्स एन्डगेम (६ करोड ८० लाख)को रेकर्डलाई समेत यसले उछिनेको छ । के ‘अवतार २’ले नेपाली बक्स अफिसमा १० करोड कमाइको आँकडालाई पार गर्ला, यो कुरा भने अन्योलमा छ । केही मल्टिप्लेक्समा मात्र चलिरहेको र आउने बुधबारदेखि बलिउडको ‘पठान’ रिलिज हुने भएपछि ‘अवतार’को दोस्रो श्रृंखलालाई उक्त कीर्तिमान राख्न चुनौतीपूर्ण हुने देखिन्छ ।
अहिले पनि क्यूएफएक्ससहितका मल्टिप्लेक्समा क्यामरुनको यो फिल्मले विकडेजमा समेत १० प्रतिशत अकुपेन्सीसहित कमाइ गरिरहेको छ । भारतमा एभेन्जर्स एन्डगेमको रेकर्डलाई तोड्दै यो फिल्मले ४०० करोड भारु निकटको कमाइ गरेको छ । विश्व बक्स अफिसमा यो फिल्मले झण्डै दुई बिलियन डलरको कमाइ गर्नतर्फ अग्रसर छ ।
नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने फिल्म चाहिं ‘बाहुबली’ हो, जसले २४ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ भने धेरै कमाउने दोस्रो फिल्म ‘कबड्डी ४’ हो जसले २३ करोड ८० लाख हाराहारीमा कमाइ गरेको छ । नेपालमा हलिउड फिल्मले झण्डै दुई अंकको कमाइ गर्नुलाई पनि महत्वपूर्ण मान्न सकिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij