
बाँपीझ्याला, काठमाडौँ । दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा फिल्म निर्माण हुने भएको छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले शुक्रबार उक्त फिल्मको औपचारिक घोषणा गरे ।
गुरुङकै निर्देशन रहने फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको छ । फिल्मको मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायत हुनेछन् । रामबाबुकै पटकथा लेखन रहेको फिल्मको पहिलो ड्राफ्ट यसअघि नै तयार भइसकेको थियो ।

यसअघि तीनपटक मञ्चन भइसकेको उक्त नाटकले राम्रो कमाइ गर्दै चर्चा पनि बटुलेको थियो । दर्शकको मागको आधारमा मण्डलाले तीनपटक उक्त नाटकलाई मञ्चन गरेको थियो । आगामी दशैंमा रिलिज गर्ने योजना रहेको फिल्मको नायिका चाहिं चाँडै फाइनल गर्ने तयारी छ । ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा बन्ने फिल्मको छायांकन वैशाखदेखि सुरु गर्ने तयारी छ । कमेडी ड्रामा जनरामा बन्ने फिल्म छायांकनको लागि लोकेसन लगायतका पक्ष तय हुँदैछन् ।
यो फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । रामबाबु निर्देशित ‘फूलबारी’ फागुन ५ गते प्रदर्शन तयारीमा छ । वर्ष २०८० को अन्तिमतिर ‘कबड्डी ५’ निर्माणको योजना छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij