
बाँपीझ्याला, काठमाडौँ । शुक्रबारदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । साम्राज्ञी शाह र पुष्प खड्का अभिनित ‘तिम्रो मेरो साथ’ र सारा श्रीपालीको अभिनय रहेको ‘गुञ्जन रिलिज भएका हुन् । यी दुवै फिल्मको जनरा समान छ, अर्थात् यी दुवै सम्बन्धको कथावस्तुमा आधारित छन् ।

रमेश एमके पौडेल निर्देशित ‘तिम्रो मेरो साथ’मा साम्राज्ञी, पुष्प र सन्दीप क्षेत्रीको मुख्य भूमिका छ । २ घण्टा १० मिनेट लामो फिल्म प्रेम सम्बन्धको कथावस्तुमा आधारित छ । विवाहित भए पनि वरुण (पुष्प) खुसीसाथ पूर्वप्रेमिका साक्षी (साम्राज्ञी)सँग रिलेसनसिपमा हुन्छ । अकस्मात् श्रीमतीको निधन भएपछि ऊ डिप्रेसनमा पुगेको छ ।
विवाहित वरुण चार वर्षपछि आफ्नी पूर्वप्रेमिका साक्षीसँग दौडिन्छन् । तर आफ्नी श्रीमतीको अप्रत्यासित रुपमा निधन भएपछि वरुण डिप्रेसनमा परेका छन् । वरुणकै प्रेमको कारण हानि व्यहोरेकी साक्षीले वरुणलाई यो संकटबाट पार लगाउन मद्दत पनि गर्छिन् । यसबीचमा कथावस्तुमा धेरै घुम्ती आउँछ ।
अष्टमान महर्जन निर्देशित फिल्म ‘गुञ्जन’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । २ घण्टा १५ मिनेट लामो फिल्म प्रेमको कथावस्तुमा आधारित छ । सारा श्रीपाली, कबीर खड्का र प्रितमराज सेञ्चुरीको प्रमुख अभिनय रहेको फिल्मलाई सांगीतिक प्रेमकथा बताइएको छ । ट्रेलर अनुसार यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij