
बाँपीझ्याला, काठमाडौँ । बहुपति प्रथामाथि निर्माण भएको फिल्म ‘टुल्की’ आगामी चैत ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । केही समयअघिसम्म हिमाली क्षेत्रमा प्रचलनमा रहेको उक्त प्रथामाथिको कथावस्तुको फिल्ममा शिशिर बाङ्देल र स्वस्तिमा कार्कीको प्रमुख अभिनय छ ।

डोल्पामा छायांकन गरिएको फिल्मको निर्देशन देवजंग थापाले गरेका हुन् भने छायांकन सुशील अधिकारी र नमराज घिमिरेले गरेका हुन् । सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेको पनि अभिनय छ ।
अभिनेत्री सुहाना थापा सीईओ रहेको फिल्म वितरण कम्पनी त्रिनेत्रम डिष्ट्रिब्युसनले फिल्म वितरण गर्नेछ । पाम ग्रुप प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा शेखर लामाले लेखेका हुन् । फिल्म ‘टुल्की’ले नेपाल ग्रामीण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij