Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

सलमान खानको घरबाहिर हजारौँको भीड

सलमान खानको घरबाहिर हजारौँको भीड

बाँपीझ्याला, काठमाण्डौं । भारतीय अभिनेता सलमान खानको घर बाहिर जम्मा भएको भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको छ । सलमान खानको जन्मदिनको अवसरमा उनलाई हेर्न उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर सयौं मानिस जम्मा भएका थिए ।

समाचार एजेन्सी एएनआईले एउटा भिडियो सेयर गरेको छ, जसमा सलमान आफ्नो बालकनीमा उभिएर सडकमा जम्मा भएका मानिसहरूलई अभिवादन गरेका छन् । सलमानको अभिवादनपछि भीड उग्र भएको थियो ।

त्यसपछि प्रहरीले लाठीचार्ज गरेका थियो । सलमानको घरबाहिरको सडक नै प्रहरीले बन्द गराएको थियो भने पुलिसको लाठीचार्जपछि सडकभरी जुत्ता र चप्पल देखिएका छन् ।

https://twitter.com/i/status/1607758654077341696

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार