
बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेत्री कट्रीना कैफ आमा बन्न लागेको चर्चा छ। क्रिसमसमा कट्रीनाको घरमा पार्टी राखिएको थियो। पार्टीमा परिवारसहित बलिउड कलाकार पनि उपस्थित थिए।
क्रिसमसको अवसरमा कट्रीनाले आफ्नो परिवारसँग फोटो खिचेकी थिइन्। कट्रीनाले उक्त फोटो इन्स्टाग्राममा सार्वजनिक गरेपछि उनी गर्भवती भएको चर्चा चलेको हो।

तस्बिरमा विक्कीका आमाबुवा, उनका भाइ सनी र कट्रीनाकी बहिनी इसाबेललाई देख्न सकिन्छ। कट्रीनाले आफ्नो सासुआमाको काँधमा हात राखेकी छन्। सबै तस्बिरमा कट्रीना पछाडि देखिएकी छन् जसका कारण फ्यानहरूले गर्भवती आशंका गरेका छन्।
एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंलाई देखेर गर्भवती छ जस्तो लाग्यो।’
कट्रीना र अभिनेता विक्की कौशलले एक वर्षअघि विवाह गरेका थिए। तर गर्भवती भएकोबारे कट्रीना र विक्की दुवैले केही बताएका छैनन्।
कट्रीना सलमान खानको फिल्म ‘टाइगर ३’ को छायांकनमा व्यस्त छिन्। यो फिल्मपछि उनी फिल्म ‘जी ले जरा’ र ‘मेरी क्रिसमस’ मा देखिनेछिन्। त्यस्तै विक्की कौशल फिल्म ‘साम बहादुर’ र ‘द इमोर्टल अश्वाथामा’ मा देखिनेछन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij