Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

‘गुञ्जन’ ट्रेलर : सुन्दर लोकसेनमा खिचिएको प्रेमकथा

‘गुञ्जन’ ट्रेलर : सुन्दर लोकसेनमा खिचिएको प्रेमकथा

बाँपीझ्याला, काठमाडौँ । प्रेम कथानक फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा कहलिएका अष्ट महर्जन निर्देशित डेब्यु फिल्मले वियोगान्त प्रेमको कथा भन्छ ।

दुई मिनेट लामो ट्रेलरमा ड्रामा, एक्सन र बदलाको कथा छ । फिल्ममा सारा श्रीपाली, प्रीतमराज सेन्चुरी र कबीर खड्काको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई तन्नेरी दर्शकले रुचाउने अनुमान छ ।

फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङ्तान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आईपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । पुस २९ गते फिल्म प्रदर्शन हुँदैछ ।

https://youtu.be/ZSotrNbqXms

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार