बाँपीझ्याला, काठमाडौँ । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ शुक्रबारदेखि रिलिज भएको छ । नेपालमा पनि यो फिल्म उच्च शोका साथ प्रदर्शनमा आएको छ । शुक्रबार अन्य कुनै पनि नेपाली तथा भारतीय फिल्म रिलिज भएनन् ।
‘अवतार-२’को अग्रिम टिकट बिक्री केही दिनअघिबाटै थालिएको थियो । अग्रिम टिकट बिक्री आक्रामक देखिएको फिल्मलाई देशका सबैजसो मल्टिप्लेक्सले उच्च शो दिएका छन् । फिल्मले नेपालमा एक करोड रुपैयाँ बढीको ओपिनङ गर्ने प्रक्षेपण गरिएको छ ।
विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखला १३ वर्षपछि विश्वव्यापी प्रदर्शनमा आएको हो । जेम्स क्यामरुन निर्देशित फिल्ममा साम वर्थिङ्टन, जोय साल्दानालगायतको प्रमुख भूमिका रहेको छ । फिल्मको लम्बाइ ३ घण्टा १० मिनेट लामो फिल्मले पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिस र त्यहाँका आदिवासीबीच हुने लडाइँको काल्पनिक कथा प्रस्तुत गर्छ । ठूला मल्टिप्लेक्समा नेपाली फिल्म महापुरुष, बलिउड फिल्महरु भेडिया, दृश्यम २ र उचाइ पनि प्रदर्शनरत छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij