बाँपीझ्याला, काठमाडौँ । फिल्म ‘बदलिँदो आकाश’ निर्माण हुने भएको छ । अनुप पौडेलले निर्माण गर्न लागेको फिल्म मच्छिन्द्र योङग्यले निर्देशन गर्न लागेका हुन् । फिल्ममा मुख्य भूमिकाको रुपमा अभिनेत्री आना शर्मा छानिएकी छन् । अन्य कलाकार छनौटको क्रममा रहेको निर्माण युनिटले जनाएको छ । फिल्मको नेपाल, भारतको दार्जिलिङ र सिक्किममा छायाङ्कन हुने बताइएको छ ।
भारतको फिल्म विकास निगम (एनएफडीसी) ले आयोजना गरेको फिल्म बजारमा छानिएको स्क्रिप्टमाथि फिल्म निर्माण हुन लागेको हो । चलचित्र हलहरुमा आजकल राम्रा फिल्म लाग्नै छाड्यो । अनुपको फिल्म ‘लोरी’ अहिले ओस्कार अवार्डमा प्रतिस्पर्धाको तयारीमा छ । लोरीले यस वर्ष कान्स फिल्म फेस्टिभलमा समेत एक अवार्ड हात पारेको थियो ।
फिल्म ट्राभल कथावस्तुमा निर्माण गर्न लागिएको निर्माता पौडेलले बताएका छन् । अभिनेत्री आनाको अभिनय ‘जेरी २’ मा पनि रहनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij