२५ मंसिर, बाँपीझ्याला, काठमाडौँ । फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ । ‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो । जसको अर्थ ‘द ड्रिम’ अर्थात सपना हो ।
यो बल समुह चरणमा खेलाइएको बल भन्दा फरक छ । समूह चरणमा ‘अल रिहला’ अर्थात ‘द जर्नी’ नामक बल खेलाइएको थियो । यो नयाँ बलमा अल रिहलाको जस्तै प्रविधिको प्रयोग गरिएको छ । जसबाट बलबारे निर्णय लिन निकै सहज हुने गरेको छ । यस पटकको विश्वकपमा बलको पोजिसन थाहा पाउन सेन्सर टेक्नोलोजी जडान गरिएको छ । यो बलले खेलाडीको पोजिसनसमेत थाहा पाइने हुनाले भिडियो एनालिस्टलाई पनि सहज हुने गरेको छ । बल भित्र आईएमयू सेन्सर जडान गरिएको छ ।
यो बलमा पनि अल रिहला जस्तै अर्ध स्वचालित अफसाइड सिस्टमलाई जडान गरिएको छ । फिफाका फुटबल टेक्नोलोजी एन्ड इनोभेसनका निर्देशक जोहान्स होल्जमुलर भन्छन्, ‘बलमा टेक्नोलोजी जडान गरेर एडिडासले सूचना प्रवाह गर्न र भिडियो म्याच अफिसियललाई पनि डाटा निकाल्न निकै सहज भएको छ । यस प्रकारको बलले मैदानमा अनौठो क्षणको बारेमा पनि जानकारी राख्न सहज भएको छ ।’
यो बलमा प्रयोग भएको गम पूर्णतया वातावरण मैत्री रहेको पनि उनले बताए । फिफा विश्वकप सेमिफाइनल र फाइनल खेलाउने बलमा प्रयोग भएको मसी र गम पानीमा आधारित रहेर बनाइएको छ । यो बलको डिजाइनमा एक सानो त्रिभुज छ । जसले दोहा वरपरको मरुभूमिलाई संकेत गर्छ । फिफा विश्वकपको ट्रफीको रंग पनि त्यस्तै छ । र कतारको झन्डाको रंगलाई समेत ध्यानमा राखेर यो बलको डिजाइन गरिएको छ ।
फुटबल एडिडासका प्रबन्धक निक क्रयाग भन्छन्, ‘अल हिल्मले विश्वलाई एकै स्थानमा ल्याउन फुटबलको शक्तिमाथि प्रकाश पार्ने गरि बनाइएको छ’, उनले भने, ‘फुटबलमा जुनुन राख्ने विश्वका लाखौं मानिसले विश्वकपले जोडेको छ । हाम्रो तर्फबाट सेमिफाइनल पुगेका सबै टिमलाई शुभकामना दिन चाहान्छौं ।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij