बाँपीझ्याला, काठमाडौँ । प्रतिष्ठित बेलायती म्यागजिन साइट एण्ड साउण्डले संसारका सर्वकालीन १०० महान् फिल्मको सूची सार्वजनिक गरेको छ । सर्वेक्षणका आधारमा तयार पारिएको सूचीको पहिलो स्थानमा बेल्जियमका निर्देशक चान्टल एकेरम्यानको सन् १९७५ को ड्रामा ‘जीन डिलम्यान’ छ । यी सूचीमा एउटा मात्रै भारतीय फिल्म परेको छ, सत्यजीत रेको ‘पथर पाञ्चाली’ ।
सन् १९५२ मा स्थापना भएको साइट एण्ड साउण्डले प्रत्येक दशकमा एक पटक सर्वेक्षण जारी गर्छ । यसपटकको सर्वेक्षणमा १ हजार ६३९ जना समीक्षक, प्रोग्रामर, क्यरेटर, अभिलेखविद् र शिक्षाविद् सहभागी थिए जसले १० वटा मतपत्र बुझाएका थिए ।
सन् १९५२ मा पहिलोपटक सर्वेक्षण घोषणा गर्दा भिटोरियो डे सिकाको ‘बाइसाइकल थिभ्स’ शीर्षस्थानमा थियो । त्यसपछि ओरसन वेल्सको फिल्म ‘सिटिजन केन’ सन् १९६२, १९७२, १९८२, १९९२ र २००२ मा सूचीको शीर्षस्थानमा पुगेको थियो । सन् २०१२ मा घोषित भएको पछिल्लो सर्वेक्षणमा अल्फ्रेड हिचकको ‘भर्टिगो’ शीर्षस्थानमा थियो । सत्यजीत रेको ‘पथर पाञ्चाली’ अपु त्रयीको पहिलो भाग हो, जुन ३५ औं स्थानमा सूचीकृत थियो । सूचीमा परेको यो एक मात्र भारतीय फिल्म हो ।
‘पथर पाञ्चाली’बारे म्यागजिनले लेखेको छ, ‘यो फिल्मले बलिउडको व्यावसायिक उत्पादनभन्दा भिन्न रुपमा कोलकाता केन्द्रित मानवतावादी कला सिनेमाको प्रतिनिधित्व गर्न सक्यो । फिल्मको सबैभन्दा मन छुने दृश्य भनेको अपु (सवीर बनर्जी) र उसकी बहिनी गुडिरहेको रेलको एक झलक हेर्न धानको खेततिर दौडन्छन् ।’
यी हुन् सूचीका १० महान् फिल्म :
१) जीन डिलम्यान
२) भर्टिगो
३) सिटिजन केन
४) टोकियो स्टोरी
५) इन द मुड फर लभ
६) २००१ : अ स्पेस ओडिसी
७) ब्यु ट्राभेइल
८) मलहोलन्ड ड्राइभ
९) म्यान विथ अ मुभी क्यामेरा
१०) सिङ्गिङ इन द रेन
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij