बाँपीझ्याला, काठमाडौँ । पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले विश्व बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । रिलिज भएयता फिल्मले विश्वभर २२० करोड भारु कमाएको छ । यसले यो वर्ष रिलिज भएका भारतका केही ब्लकबस्टर फिल्मलाई पनि उछिनेको छ । बेलायत र नर्वेजस्ता युरोपेली देशमा यसले आरआरआर, केजीएफ-२ र बजरंगी भाइजान जस्ता फिल्मलाई पछाडि छाडेको छ ।
फवाद खान स्टारर फिल्म पाकिस्तानी फिल्म उद्योगको अहिलेसम्मकै सबैभन्दा महँगो र सर्वाधिक कमाउने फिल्म हो । फिल्मले विश्वभर एक करोड अमेरिकी डलर अर्थात् २२० करोड रुपैयाँ कमाएको जनाइएको छ । यो कमाइमा पाकिस्तानबाट फिल्मले ८७.५० करोड रुपैयाँ र विदेशबाट १३२.५० करोड रुपैयाँ विदेशबाट कमाइ भएको छ ।
यसले भारतका आरआरआर, केजीएफ-२ जस्ता ब्लकबस्टर फिल्मलाई बेलायत, नर्वे र खाडी देशमा कमाइको मामिलामा पछाडि छोडेको छ । यो फिल्म १३ अक्टोबर २०२२ मा रिलिज भएको थियो । यसले बेलायतमा १३.९२ करोड रुपैयाँ कमाएर दक्षिण एसियाकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राख्यो । यसअघि २०१८ मा फिल्म ‘पद्मावत’ले बेलायतमा सबैभन्दा धेरै कमाइ गरेको थियो ।
यसबाहेक यो फिल्म ‘बजरंगी भाइजान’लाई उछिन्दै नर्वेमा सबैभन्दा धेरै कमाउने दक्षिण एसियाली फिल्म बनेको छ । फिल्मले अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देशमा पनि राम्रो व्यापार गरिरहेको छ । यो फिल्म भारतमा पनि २३ डिसेम्बरमा रिलिज हुने खबर आएको थियो तर अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन । सन् २०१९ देखि भारत र पाकिस्तानबीच सांस्कृतिक प्रतिबन्ध छ । भारतीय फिल्म न त पाकिस्तानमा रिलिज हुन्छ, न त पाकिस्तानी फिल्म भारतमा ।
बिलाल लासारीको निर्देशनमा बनेको फिल्ममा फवाद खान र माहिरा खान मुख्य भूमिकामा छन् भने हमजा अली अब्बासी सहायक भूमिकामा छन् । ‘द लिजेन्ड अफ मौला जट्ट’ सन् १९७९ को कल्ट क्लासिक फिल्म मौला जट्टको रिमेक हो । फिल्मका मुख्य अभिनेता फवाद खान पाकिस्तानमा मात्र नभई बलिउडमा पनि निकै चर्चित छन् । उनले विगतमा ‘खूबसूरत’, ‘कपुर एण्ड सन्स’ र ‘ऐ दिल है मुश्किल’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij