बाँपीझ्याला, काठमाण्डौं, मुम्बई । बलिउड निर्देशक तथा कलाकार रिसब सेठ्ठीको फिल्म ‘कान्तरा’ले रिलिजको दिनदेखि नै बक्स अफिसमा तहल्का पिटिरहेको छ । यो वर्ष रिलिज भएका कन्नड फिल्ममध्ये यो फिल्मले वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्मको रेकर्ड राखिसकेको छ । थिएटरको सफलतापछि यो फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भइसकेको छ ।
ओटिटीमा रिलिज हुनासाथ फिल्म विवादमा तानिएको छ । केरलाको सांगीतिक ब्याण्ड थाइकुडम ब्रिजले फिल्ममा प्रयोग गरिएको गीत ‘भराहा रूपम’ आफ्नो गीत ‘नवरसम’बाट चोरेको दाबी गरेको छ । उनीहरूले अमेजन प्राइम भिडियोविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । ब्याण्डको चेतावनीपछि ओटिटी प्लेटफर्मले फिल्मबाट उक्त गीत हटाएको छ ।
केही समयअघि ब्याण्डले सामाजिक सञ्जालमार्फत आफूहरू ‘कान्तरा’सँग नजोडिएको जानकारी दिएको थियो । ‘फिल्ममा प्रयोग गरिएको ‘भराह रूपम’ र हाम्रो गीत ‘नवरसम’ मिल्दोजुल्दो छ । हामीले कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौं,' ब्याण्डले भनेको छ ।
दर्शकले भने फिल्मको गीतलाई निकै मन पराएका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij