Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

इरानलाई आज खेलमा फर्किने मौका

इरानलाई आज खेलमा फर्किने मौका

९ मंसिर, बाँपीझ्याला, काठमाडौं । इंग्ल्याण्डसँग ६–२ ले पहिलो खेल गुमाइसकेको अवस्थामा एसियाको अर्को ‘पावरहाउस’ इरानलाई आज (शुक्रबार) वेल्सविरूद्ध खेलमा फर्किन सुवर्ण अवसर छ। विश्वकपको समूहगत खेलअन्तर्गत सबै टोलीबीच पहिलो चरणको खेल सम्पन्न भइसकेको छ। आजबाट समूह चरणको दोस्रो खेल सुरु हुँदैछ भने समूह ‘बी’ मा रहेको इरानले युरोपेली क्लब वेल्सविरूद्ध प्रतिस्पर्धा गर्दैछ।

वेल्सले पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको थियो। एसियाका अन्य राष्ट्र साउदी अरेबियाले पूर्व विश्व च्याम्पियन अर्जेन्टिनालाई २–१ र जापानले जर्मनीलाई २–१ को समान अन्तरले हराइसकेको अवस्थामा अहिले सबैको ध्यान एसियाली राष्ट्रको प्रदर्शनतर्फ मोडिएको छ। दक्षिण कोरियाले पनि आफ्नो पहिलो खेलमा पूर्व विश्व च्याम्पियन उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो।

वेल्स अहिले उत्कृष्ट लयमा देखिँदैन। उसका स्टार खेलाडी गारेथ वेलले अमेरिकाविरूद्ध पेनाल्टीमार्फत् गोल गरेका थिए। विश्वकपमा उनको त्यो पहिलो गोल थियो।

रोबर्ट पेजको प्रशिक्षणमा रहेको वेल्सले पछिल्ला ९ खेलमध्ये एकमा मात्र जित हात पारेको छ। इंग्ल्याण्डविरूद्धको खेलमा इरानले ठूलो अन्तरमा गोल खाए पनि उनीहरूले युरोपको ‘पावरहाउस’ विरूद्ध २ गोल फर्काएका थिए। स्टार गोलकिपर अलिराजा बिरान्भान्ड पहिलो हाफमै टाउकोमा चोट बोग्दै बाहिरिनु इरानका लागि दुर्भाग्य सावित भयो। उनी हुँदा इरानले गोल खानु परेको थिएन। तर उनको बर्हिगमनपछि इंग्ल्याण्डले ६ गोल सम्भव बनायो।

पोर्टोका व्यवसायिक स्ट्राइकर मेहदी तरेमी अहिले उत्कृष्ट लयमा छन्। उनले नै इंग्ल्याण्डविरूद्ध २ गोल गरेका थिए। आजको खेलमा उनको प्रदर्शनले इरानको नतिजालाई धेरै हदसम्म असर पार्ने सम्भावना रहेको छ। इरानी आक्रमणमा जर्मनीको बायर लेभरकुसेनबाट खेलिरहेका सरदार अजमौनको प्रदर्शनले पनि धेरै अर्थ राख्ने छ। उनी पूर्ण रूपले ठिक छैनन्। तर कार्लोस क्युरेजले पहिलो खेलमा पनि उनलाई अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गराएका थिए।

वेल्सको टिममा आज केहि परिवर्तन हुनसक्छ। पहिलो खेलमा प्रभावशाली प्रदर्शन गरेका किफर मुरलाई सुरुमै मैदान उतार्ने सम्भावना प्रबल छ। पहिलो खेलमा घुँडामा चोट बोकेका इथान एम्पादुलाई आज उतार्ने सम्भावना निकै कम छ। उनको स्थानमा जोए मोरेललाई तयारी अवस्थामा राखिएको छ।

इरानी टिममा पनि मिडफिल्डर अली घोलिजादेलाई सुरुवातमै खेलाउने सम्भावना छ। उनले नै पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध पहिलो गोल गर्न तरेमीलाई बल मिलाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार