बाँपीझ्याला, काठमाण्डौं । जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ अहिलेसम्मकै महंगो फिल्ममध्ये बनेको छ । लगानी उठाउन समेत फिल्मले २ बिलियन डलर कमाउनुपर्ने भएको छ ।
जिक्यू म्यागजिनसँगको एक ताजा अन्तर्वार्तामा निर्देशक क्यामरुनले ‘अवतार २’ अहिलेसम्म बनेकामध्ये महंगो फिल्म बनेको बताएका छन् । रोचक कुरा के छ भने अहिलेसम्म पाँच फिल्मले मात्र २ बिलियन डलर कमाउन सकेका छन् ।
सुरुमा २५० मिलियन डलरमा बनेको भनिएपनि मुद्रा स्फिर्तीको कारण लागत खर्च बढेको क्यामरुनको भनाई छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सका अधिकारीसँग पनि क्यामरुनले फिल्म इतिहासमै खराब ढंगले निर्माण खर्च बढेको गुनासो गरेका छन् ।
२ बिलियन डलर कमाएमात्र लगानी सुनिश्चित गर्ने कुरा चाहिँ एकदमै चुनौतिपूर्ण हुने देखिन्छ । अहिलेसम्म सर्वाधिक कमाउने क्यामरुनको अघिल्ला फिल्महरु अवतार १ र टाइटानिकले मात्र २ बिलियन डलरको आँकडा पार गर्न सकेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij