
बाँपीझ्याला, काठमाडौं । आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । टिजरमा प्रेम, द्वन्द्व र थ्रिलर तत्व समावेश छन् । एक मिनेट १५ सेकेण्ड लामो टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण पक्षहरु खुलासा गरेको छ ।
आफूलाई रोमान्स र एक्सन फिल्ममा प्रस्तुत गर्दै आएका आर्यन फिल्ममा ग्याङस्टर प्रेमीको भूमिकामा देखिन्छन् । यद्यपि, उनको पात्रबारे धेरै पक्ष खुलाइएको छैन । खलपात्रको कब्जामा परेकी उपासनालाई मुक्त गर्न नायकको इन्ट्री भएसँगै टिजर सुरु भएको छ । उपासनालाई कब्जाबाट बाहिर लैजान नायकले खलपात्रसँग गर्ने संघर्ष पेस गरिएको छ ।
उपासनालाई नर्स चरित्रको रुपमा देखाइएको छ । टिजरअनुसार फिल्ममा उनी आर्यनकी लभ इन्ट्रेस्टको भूमिकामा छिन् । सलोन बस्नेत र नरेश भट्टराई पनि टिजरमा अटाएका छन् ।,कोरोना महामारीअघि आर्यन अभिनित फिल्महरु ‘हजार जुनीसम्म’ र ‘चचहुई’ प्रदर्शन भएका थिए । ‘डिसेम्बर फल्स’ महामारीपछि रिलिज हुने आर्यनको पहिलो फिल्म हो ।
महामारीपछि रिलिज भएका उपासनाका दुई फिल्महरु ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ बक्स अफिसमा सफल भइसकेका छन् । प्रवीण झा निर्देशित ‘डिसेम्बर फल्स’ पुस १५ गते रिलिज हुँदैछ । फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij