
बाँपीझ्याला, काठमाडौं । आज (शुक्रबार)देखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘चोर र पुलिस’ र हिन्दी फिल्म ‘दृश्यम २’ रिलिज भएका हुन् ।
एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र रिलिज भएको छ । आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धीरेन शाक्य, शोभित बस्नेत, कविता राय र जयकिशन बस्नेतको प्रमुख भूमिका छ । सिंगल स्क्रिनका दर्शकलाई यो फिल्म रुचिकर हुनसक्छ । कमेडी, एक्सन, रोमान्सजस्ता फिल्मी मसला मिश्रण गरिएको फिल्म मल्टिप्लेक्समा भने रिलिज भएको छैन ।
अजय देवगण र तब्बु स्टारर बलिउड फिल्म ‘दृश्यम २’ पनि नेपालमा रिलिज भएको छ । क्राइम, ड्रामा र मिस्ट्री विधामा राखिएको फिल्मको लम्बाइ २ घण्टा २५ मिनेट छ । फिल्ममा अनुसन्धानको एउटा मनमोहक कथा र यसले एक परिवारलाई दिएको चुनौतीको कथावस्तु समावेश छ ।
नेपाली हलमा अहिले पनि हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’, नेपालको ‘महापुरुष’, बलिउड फिल्महरु ‘उचाइ’ र ‘कान्तरा’ प्रदर्शन भइरहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij