बाँपीझ्याला, काठमाडौं । फिल्म ‘गुलाबी’ को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ भएको फिल्मको आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ‘इण्ड क्ल्याप’ गरिएको हो ।
फिल्म धम्पुसको अलवा पोखरा र काठमाडौंमा पनि खिचिएको निर्माण युनिटले जनाएको छ । ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिइन् । फिल्ममा समावेश एक गीत भने खिच्न बाँकी छ ।
पारलैङ्गिकताको कथा बोल्ने फिल्म ‘गुलाबी’मा नाजिर हुसैन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको मुख्य भूमिका छ । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनले मिलेर तयार पारेका हुन् ।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’ मा आलोक शुक्लाको छायांकन छ । सम्राट बस्नेतको द्वन्द्व रहेको फिल्ममा लेखु सहयात्री र शान भुषालको संगीत संयोजन रहनेछ । फिल्म आगामी फागुनमा प्रदर्शनको लक्ष्य रहेको निर्देशक भट्टले बताइन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij