बाँपीझ्याला, काठमाडौं । फिल्म ‘पासो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । फिल्म मंसिर १६ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरमा थ्रिलर तत्व समावेश छ । दुई युवती चरित्रले बाँच्नका लागि गरेको संघर्षको कथा फिल्मले पेस गर्छ ।
अपहरणमा परेका दुई युवतीले त्यसबाट मुक्त हुन कसरी संघर्ष गर्छन् भन्ने कथावस्तु फिल्ममा छ । रिस्ता बस्नेत र सुनिशा बजगाईं केन्द्रीय भूमिकामा छन् । १३ दिन लगाएर खिचिएको फिल्ममा कथा, पटकथा, संवाद र निर्देशन आरबी पुनको छ । फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । राजकुमार राउत कार्यकारी निर्माता रहेको फिल्ममा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सहनिर्माताको रुपमा छन् ।
फिल्ममा रिस्ता र सुनिशाको साथमा रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सूर्य दयालुको संगीत, उत्तम हुमागाईंको छायांकन रहेको फिल्ममा सुरेश बस्यालको नृत्य निर्देशन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।
‘पासो’ले नेपाली फिल्म क्षेत्रलाई नयाँ कथा दिने निर्माता भुजेलको तर्क छ । रिस्ताले छायांकन गर्दा कठिन भएको अनुभव बाँडिन् । १० दिनसम्म त आफू बाकसभित्र रहेर फिल्ममा काम गरेको सुनाइन् । सुनिशा बजगाईंले पनि पाँच दिनसम्म हात बाँधेर काम गर्नुपर्दा गाह्रो भएको बताइन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij