बाँपीझ्याला, काठमाडौं । शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन् । यस वर्षको प्रतीक्षित हलिउड फिल्म ‘वाकान्डा फरेभर’ र दुई बलिउड फिल्म ‘उचाइ’ र ‘रामसेतु’ रिलिज भएका छन् । यो साता स्वदेशी फिल्म भने रिलिज भएनन् ।
ब्लकबस्टर फिल्म ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ मार्भल स्टुडियोको हलिउड सुपरहिरो फिल्म हो । रायन कुगलर निर्देशित फिल्ममा लेटिटिया राइट, लुपिता नोयोगो लगायतको प्रमुख भूमिका छ । राजा टिचाल्लाको निधनपछि वैदेशिक शक्तिको हस्तक्षेपबाट जोगाउन रानी र उनका अन्य सदस्यले मुलुकलाई जोगाउन गर्ने संघर्षको वरपर फिल्म घुमेको छ । अभिनेता चाडविक बोसम्यानको निधनको कारण पनि यो फिल्म प्रतीक्षित छ ।
सुपरहिरोको कथा रुचाउने दर्शक र पारिवारिक कथावस्तु हेर्ने दर्शकलाई यो फिल्म रुचिकर हुनसक्छ । विश्वभर रिलिज भएको फिल्मले नेपालमा शुक्रबार आक्रामक ओपनिङ गर्ने अपेक्षा छ ।
शुक्रबारै बलिउड ब्यानर राजश्री प्रोडक्सनको मल्टिस्टारर फिल्म उचाइ पनि नेपालमा रिलिज भएको छ । सुरज वर्जत्य निर्देशित फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको प्रमुख भूमिका छ । मित्रताको कथा पेस गर्ने फिल्मको छायांकन नेपालको सगरमाथा आधार शिविर र मनाङमा छायांकन गरिएको छ । नेपालको दृश्य समावेश भएकाले पनि नेपाली दर्शकलाई फिल्म प्रिय लाग्न सक्छ ।
शुक्रबारै हिन्दी फिल्म रामसेतु पनि रिलिज भएको छ । अक्षयकुमार स्टारर फिल्मले रामायणकालीन रामसेतुको कथा भन्छ । अक्षयकुमार र ज्याकलिन फर्नान्डिजको प्रमुख भूमिका छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij