बाँपीझ्याला, काठमाडौं । आउने दशकको पहिलो दिन नेपाली फिल्मको लागि निकै प्रतिस्पर्धात्मक हुने पक्का भएको छ । घरेलु फिल्मका ठूला ब्यानरहरु २०८० सालको वैशाख १ गते फिल्म प्रदर्शनको तयारीमा जुटेका छन् । झरना थापाको ‘भगवत् गीता’ र रामबाबु गुरुङको ‘जारी’ सोही मितिमा आउने निश्चित भइसकेको छ ।
यस्तोमा सोही मितिमा अर्को प्रतीक्षित फिल्म आउने निश्चित छ, जसले घरेलु फिल्मको रिलिज समीकरणलाई प्रभावित बनाउने पक्का छ । तपाईंले ठीक पढ्नुभयो, ‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते आउने निर्णय भइसकेको छ । निर्देशक तथा निर्माता विकासराज आचार्यले वैशाख १ गते फिल्म रिलिज गर्ने औपचारिक निर्णय भएको जानकारी दिए । उनले भने, ‘हामी १ गते आउने निधो भयो । हामी स्वस्थ प्रतिस्पर्धा गर्न चाहन्छौं,’ आचार्यले भने ।
एक सातादेखि झापाको विर्तामोडमा छायांकन भइरहेको फिल्म अझै २० दिन फ्लोरमै हुनेछ । आँचल शर्मा, आशिर्वाद बराल, आयुषा तामाङ अहिले विर्तामोडमा फिल्मको सेटमा छन् ।
‘नाइँ नभन्नु ल ६’को छायांकन स्थल विर्तामोडमा निर्देशक विकास आचार्य, अभिनेत्री आँचल शर्मालगायत चुनावको लागि तीन दिन छायांकन रोकिने जानकारी निर्देशक आचार्यले दिए । विर्तामोडबाट फर्किएर बाँकी छायांकन काठमाडौंमा गर्ने योजना छ । निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij