Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

‘कबड्डी ४’को डिजिटल प्रिमियर शुक्रबार

‘कबड्डी ४’को डिजिटल प्रिमियर शुक्रबार

बाँपीझ्याला, काठमाडौं । कीर्तिमानी नेपाली फिल्म ‘कबड्डी ४’लाई हलमा नहेरेका दर्शकलाई खुसीको खबर छ । रामबाबु गुरुङ निर्देशित फिल्म आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ ।

एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले शुक्रबार उक्त फिल्मलाई डिजिटल प्रिमियर गर्न लागिएको जानकारी दिए । दर्शकले २०० रुपैयाँमा सशुल्क एपमार्फत फिल्म हेर्न पाउनेछन् । गत जेठ १३ गते हलमा रिलिज भएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्मले नेपालमा साढे २२ करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो । भारतसहित डायस्पोराबाट मात्र फिल्मले १० करोडभन्दा बढी कमाइ गरेको थियो ।

‘हलमा हेर्न नपाएका दर्शकले अब सिनेमाघर एपमा फिल्म हेर्न पाउनुहुनेछ,’ लामिछानेले भने । निर्माता चाहिं यतिबेला कबड्डीको पाँचौं श्रृंखलाको तयारीमा जुटेका छन् । यसका लागि दुई वर्ष समय लाग्ने निर्माता तथा निर्देशक रामबाबु गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार