बाँपीझ्याला, काठमाडौं । अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई नेपालको चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिएको छ । सोमबार बेलुका फिल्मको जाँच भएको जानकारी सेन्सर बोर्डका सदस्य सन्तोष थापाले दिए ।
गत साता नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो । सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएसँगै यो फिल्म शुक्रबार नेपालमा रिलिज हुनेछ । कात्तिक १ गतेदेखि नेपालमा रिलिजको एक साताअघि नै फिल्म सेन्सरको लागि कागजपत्र बुझाउनुपर्ने नियम छ । तर यो नियम पालना नगरेको भन्दै बोर्डले सेन्सर सिफारिस रोकेको थियो । वितरक र बोर्डबीच रस्साकस्सी नै चलेको थियो ।
बलिउडमा दुई साताअघि नै रिलिज भएर पनि बक्स अफिसमा असफल भएको फिल्मलाई नेपालमा डीसीएन र स्टेसन फाइभले रिलिज गर्न लागेका हुन् । शुक्रबार रामसेतुसँगै अब वाकान्डा फरेभर र उचाइ समेत रिलिज हुनेछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij