Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

आज नेपालको ‘लाखे’ र हिन्दी फिल्म ‘फोन भूत’ रिलिज

आज नेपालको ‘लाखे’ र हिन्दी फिल्म ‘फोन भूत’ रिलिज

बाँपीझ्याला, काठमाडौं । ‘महापुरुष’को दबदबा कायमै रहँदा आज (शुक्रबार)देखि नेपाली हलमा दुई फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘लाखे’ र हिन्दी फिल्म ‘फोन भूत’ रिलिज भएका हुन् । सम्राट बस्नेत निर्देशित ‘लाखे’ एक्सन र थ्रीलर ड्रामा हो । २ घण्टा ५१ मिनेट लामो फिल्मले समीर महर्जन नामक एक काल्पनिक पात्रको कथा पेश गर्छ ।

लाखे परिवारमा जन्मिएका हुन्छन् महर्जन । उनी लाखेलाई इन्द्र र समुदायको रक्षक मान्छन् । आफ्नो मालिकको फन्दामा पर्दा उनको व्यवसायिक र पारिवारिक जीवन बर्बाद हुन्छ । त्यसपछि उसले मालिकविरुद्ध बदला लिने योजना बुन्छ । यो विश्वास, आत्मविश्वास र बदलाको कथा हो ।

सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउतको प्रमुख भूमिका रहेको फिल्म एक्सन फिल्म रुचाउने दर्शकलाई प्रिय हुनसक्छ । कट्रिना क्याफ, इशान खट्टर, सिद्धान्त चतुर्वेदी र ज्याकी श्रफ स्टारर बलिउड फिल्म ‘फोन भूत’ पनि आजै रिलिज भएको छ । हरर तथा कमेडी फिल्म मिश्रण भएको यो फिल्मको लम्बाइ २ घण्टा १८ मिनेट छ । गुरमित सिंहले फिल्म निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार