बाँपीझ्याला, काठमाडौं । विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार : द वे अफ वाटर’को ट्रेलर रिलिज गरेको हो ।
यो साइन्स फिक्सन फिल्म नेपालमा पुस १ गते रिलिज हुँदैछ । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको फिल्मलाई लिएर नेपालमा समेत व्यापक पर्खाइ छ । ‘अवतार’को पहिलो श्रृंखलाले विश्वव्यापी सर्वाधिक ग्रस कमाउने रेकर्ड समेत राखेको छ । साम वर्थिङ्टन, जोय साल्दाना प्रमुख भूमिकामा रहेको फिल्मको ट्रेलरले उनीहरुको बालबच्चालाई समेत चित्रण गरेको छ । फिल्मको लम्बाइ ३ घण्टा १० मिनेट रहेको हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ ।
ट्रेलरले फिल्मको कथावस्तुमा महत्वपूर्ण खुलासा समेत गरेको छ । पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिसको सेना र आदिवासीबीच लडाइँ हुन्छ । यसपटक पाण्डोराको समुद्रमा भएको लडाइँलाई निर्देशक जेम्स क्यामरुनले प्रस्तुत गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij