बाँपीझ्याला, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ । केही नेपाली प्रशंसकले पनि बुधबार बिहान मन्नतमा पुगेर शाहरुखलाई जन्मदिनको शुभकामना दिएका छन् ।
चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन् । किनभने अंग्र्रेजी नयाँ वर्ष २०२३ मा उनका तीन नयाँ फिल्म रिलिज हुँदैछन् । पठान, जवान र डंकी । जन्मदिनको अवसरमा फ्यानले शाहरुखको बर्थडे र उनको नयाँ फिल्म ‘पठान’को टिजरलाई ट्रेन्डिङ बनाइरहेका छन् । शाहरुखकै जन्मदिनको अवसर पारेर बुधबार यशराज फिल्म्सले पठानको टिजर सार्वजनिक गरेको छ ।
दीपिका पादुकोण र जोन अब्राहमको समेत मुख्य भूमिका रहेको पठान शाहरुखको प्रतीक्षित फिल्ममध्ये एक हो । ‘वार’ फेम्ड सिद्धार्थ आनन्द निर्देशित फिल्मको टिजर एक्सनप्रधान छ । पठानबाहेक शाहरुखका एटलीको फिल्म ‘जवान’ र राजकुमार हिरानीको सोसल ड्रामा ‘डंकी’ रिलिज हुँदैछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij