बाँपीझ्याला, काठमाडौं । प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ अर्को वर्ष अर्थात २०८० मा प्रदर्शन हुने भएको छ । फिल्म नयाँ वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण युनिटले जनाएको हो ।
केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट लागेको हो । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा छ । दयाहाङ र प्रकृति श्रीमान् श्रीमतीको भूमिकामा छन् । यस अगाडि फिल्म ‘उत्सव’ अभिनय गरेकी प्रकृति ७ वर्षपछि यो फिल्म मार्फत पुनअभिनयमा देखिन लागेकी हुन् ।
फिल्मको सम्पूर्ण छायांकन विराटनगरमा गरिएको हो । रोहित कट्टेलको प्रस्तुति रहेको यो फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने सह–निर्मातामा ग्याल्जेन लामा रहेका छन् । फिल्मलाई आकाश बराल, सजन काफ्ले र मर्रे केरले लेखेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij