बाँपीझ्याला, काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि चित्रित छन् ।
निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् । डेब्यु गर्ल रेशा आले मगर अनमोलको अपोजिटमा हुनेछिन् । फिल्मलाई ६० दिनको सेड्युलमा चितवन र मुस्ताङमा छायांकन गरिएको थियो । सन् २०१३ को फिल्म ‘छड्के’कै दोस्रो श्रृंखला रहेको फिल्म रिभेन्ज ग्याङस्टर फिल्म हो । तर, अघिल्लो भागसँग कुनैपनि सम्बन्ध नरहेको निर्देशक श्रेष्ठले बताए ।
काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेको फिल्मको कार्यकारी निर्मातामा निर्वाणा फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij