बाँपीझ्याला, काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन हुने भएको छ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न थलोमा हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए ।
फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी र निश्चल खड्कालाई लिएर निर्देशक लामिछाने अर्को साता पेरिसतर्फ उड्दैछन् । ‘हामी पेरिस सुटिङको अन्तिम तयारीमा छौं,’ भिजा प्रोसेसको लागि सोमबार दिल्लीतर्फ उड्नुअघि निर्देशक लामिछानेले भने । भ्यालेन्टाइन्स डे अर्थात् फागुन ५ गते रिलिज हुने तयारीमा रहेको फिल्मको अघिल्लो चरणको छायांकन बेलायतमा भइसकेको छ ।
यसैबीच, फिल्मको प्रदर्शन मिति पछि सर्ने हल्लाको निर्देशक लामिछानेले खण्डन गरे । ‘लभस्टोरी फिल्म भएकाले हामी भ्यालेन्टाइन्स डेकै अवसरमा आउनेछौं,’ उनले भने । फिल्ममा कबीर खड्का र गरिमा शर्माको समेत प्रमुख भूमिका छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij