बाँपीझ्याला, काठमाडौं । अन्ततः तेलुगू अभिनेता अल्लु अर्जुन ‘पुष्पा २’को छायांकन सेटमा जोडिएका छन् । भारतको सबैभन्दा प्रतीक्षित फिल्मको रुपमा शीर्ष स्थानमा रहेको यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ ।
सार्वजनिक तस्वीरमा अल्लु अर्जुन र छायांकार मिरोस्लाभ कुबा ब्रोजेंकलाई देख्न सकिन्छ । उनीहरुलाई छायांकन सेटमा केही कुराकानी गरिरहेको देख्न सकिन्छ । छायांकार मिरोस्लाभले आफ्नो इन्स्टाग्राम एकाउन्टमा उक्त तस्वीर सेयर गरेका हुन् । तस्वीरमा उनले अल्लु अर्जुनलाई केही कुरा बुझाइरहेको देख्न सकिन्छ ।
केही महिना पहिले नै पुष्पा २ को सुटिङ सुरु हुने भनिए पनि विविध कारणले छायांकन तालिकामा ढिलाइ भइरहेको थियो । फिल्मले सन् २०२३ मा बक्स अफिसमा उधुम मच्चाउने अपेक्षा गरिएको छ । यो फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दाना र फहाद फासिल समेत प्रमुख भूमिकामा छन् ।
केही महिना पहिले पिंकभिल्लालाई दिएको एक अन्तर्वार्तामा अल्लु अर्जुनले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएका थिए । दोस्रो भागलाई अझै गुणस्तरीय बनाउन सकिने आशा उनले व्यक्त गरे । निर्माताले पुष्पाको दोस्रो श्रृंखलाको बजेट ४०० करोड भारु हुने जनाएका छन् । पहिलो भाग १९४ करोड भारुमा बनेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij