बाँपीझ्याला, काठमाडौं । यसपटकको मंसिर अभिनेता सलोन बस्नेतको लागि खास हुनेछ । प्रेमिका करिश्मा केसीसँग उनले सोही महिनाको १२ गते विवाह गर्दैछन् ।
अर्को महत्वपूर्ण खबर के भैदियो भने, उनी अभिनित पछिल्लो फिल्म मीलनको प्रदर्शन पनि पनि पोस्टपोण्ड भएर मंसिर ९ गते पुगेको छ । विवाहको चार दिनअघि फिल्म रिलिज हुने निश्चित भएको छ ।
निर्देशक टेक पौरखी राईले कात्तिक १८ गतेको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको बताए । ‘फिल्म जुधाउने हाम्रो उद्देश्य छैन र अर्कोतर्फ हाम्रा नायक कुशल ठकुरी डेंगु संक्रमित भएका छन्’ राईले भने ।
विवाहकै छेकोमा फिल्मको रिलिज निश्चित भएपछि सलोनलाई चटारो हुनेछ । विवाहको तयारीमा जुट्नुपर्ने बेला फिल्मको प्रचारमा समेत समय दिनुपर्ने भएपछि सलोनलाई समय व्यवस्थापनको धपेडी पर्नेछ । मंसिर ९ मा बलिउड फिल्म भेडिया रिलिज हुँदैछ भने अहिलेसम्म अन्य नेपाली फिल्मले रिलिज डेट निश्चित गरिसकेका छैनन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij