बाँपीझ्याला, काठमाडौं । फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गर्ने फिल्म बनेको छ । फवाद खान स्टारर यो फिल्मले पाकिस्तानी इतिहासमै सर्वाधिक कमाउने फिल्मको कीर्तिमान रचेको हो । फिल्मले हालै बक्स अफिसमा १०० करोड भारुको आँकडा समेत पार गरेको छ । पाकिस्तानबाहेक फिल्मले अमेरिका, बेलायत, यूएई लगायतका मुलुकमा समेत बलियो कमाइ गरेको छ ।
बिलाल लशारीको निर्देशनमा बनेको यो फिल्मलाई पाकिस्तानकै अहिलेसम्मको महंगो फिल्म समेत भएको बताइएको छ । यो पाकिस्तानी फिल्मले पहिलोपटक हिन्दी फिल्मलाई समेत पछि पारेको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो फिल्मलाई रामसेतु र थ्यांक गडजस्ता चर्चित हिन्दी फिल्मलाई भन्दा कम शो मिलेको थियो । कम शो पाए पनि ती दुईले भन्दा राम्रो कमाइ गर्न सकेको हो । फिल्ममा फवाद खानसहित माहिरा खान प्रमुख भूमिकामा छन् । अली अब्बासी सहायक भूमिकामा छन् । द लिजेन्ड अफ मौला जट्ट सन् १९७९ मा रिलिज भएको कल्ट क्लासिक फिल्म मौला जट्टको रिमेक समेत हो । लिड एक्टर फवादले केही बलिउड फिल्ममा समेत काम गरिसकेका छन् ।
उनले करण जोहरको फिल्म ए दिल है मुस्किल, कपुर एण्ड सन्स र खुबसुरतजस्ता फिल्ममा काम गरिसकेका छन् । माहिरा खान चाहिं शाहरुख खानको फिल्म रइसमा देखिइसकेकी छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij