बाँपीझ्याला, काठमाडौं । रमेश बुढाथोकीको प्रमुख भूमिका रहेको फिल्म ‘निरमाया’को पोस्टर र दृश्य टिजर सार्वजनिक भएको छ । फिल्म निर्माणमा मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सहकार्य गरेका छन् । फिल्मले नेपाली समाजमा जरो गाडेर बसेको जातीय विभेदको विषयवस्तुलाई उठाएको छ ।
अनन्त तिमल्सिनाको प्रस्तुति रहेको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ ।
रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको फिल्ममा अभिनय छ । एक मिनेट ४५ सेकेन्ड लामो टिजरले कथामार्फत जातीय छुवाछुतविरुद्धको सन्देश दिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij