बाँपीझ्याला, काठमाण्डौं । असोजको २१ गतेबाट रिलिज भैरहेको र बक्स अफिसमा सुखद व्यापार गरिरहेको फिल्म ‘२ नम्बरी’लाई दर्शकले शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न पाउने भएका छन् ।
२ घन्टा ७ मिनेट लामो फिल्मलाई निर्माणपक्षले करिब ५ मिनेट भन्दा बढी काटछाट गरेको छ । निर्माता नेपालीले भने–‘हामीले शुक्रबारदेखि फिल्मलाई हलमा नयाँ भर्सनमा पठाउँदैछौं । फिल्मको समय केही घटाएका छौं । साउन्डमा पनि परिवर्तन गरिएको छ ।’
२ साता दर्शकले यो फिल्मलाई उल्लेख्य रुपमा साथ दिएका छन् । निर्माता नेपाली मुनाफामा गैसकेका छन् । अब, तिहारको अवसरमा पनि फिल्मले राम्रो व्यापार गर्ने निर्माताको आशा छ । हिजो परेको सार्वजनिक बिदाको दिनमा पनि फिल्मलाई सुखद कमाई गर्यो ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङको मुख्य भूमिका छ । नयाँ भर्सनमा फिल्म हलमा लागेपछि दर्शकलाई अझै मन पर्ने विश्वास निर्देशक लामाको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij