बाँपीझ्याला, काठमाडौं । अन्ततः अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिएकी छन् । नम्रता श्रेष्ठले छायांकनअघि नै फिल्म छाडेपछि निर्माताले केकीलाई अनुबन्धित गरेका हुन् ।
केकीले आफू ‘प्रसाद २’मा जोडिएको जानकारी दिइन् । केकी प्रमुख महिला पात्र कल्याणीको भूमिकामा देखिनेछिन् । उनी विपिन कार्कीको अपोजिटमा प्रस्तुत हुनेछिन् । केकीलाई अनुबन्ध गर्नुअघि निर्माताले ऋचा शर्मा र सुरक्षा पन्तलाई पनि प्रस्ताव गरेका थिए । निर्माता संघमा भएको निर्माता र कार्कीबीचको सहमतिअनुसार फिल्मको छायांकन मंसिर ७ गतेदेखि सुरु गर्ने योजना छ ।
सुदर्शन थापाले निर्देशन गर्ने फिल्म अन्तरजातीय बिहे र यसको सामाजिक आयाममा आधारित हुनेछ । ‘प्रसाद २’मा अब नम्रता र निश्चल बस्नेत देखिनेछैनन् । फिल्ममा अर्पण थापा र राज कटुवाल पनि प्रमुख भूमिकामा हुनेछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij