बाँपीझ्याला, काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’को छायांकन बिहीबारदेखि सुरु भएको छ । सुन्धारास्थित काठमाडौं मलको एक रेष्टुरेन्टबाट सुरु भएको छायांकनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचियो ।
अथर्व सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा हुन् । एभलिना टिकटकमा हिट छिन् । यी तीनैजनाले यही फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा आँचल शर्मा पनि प्रमुख भूमिकामा हुनेछिन् । अघिल्ला सिरिजमा देखिएका अनुभव रेग्मीले पनि यसमा केमियो भूमिका निर्वाह गर्दैछन् ।
काठमाडौंसहित झापामा समेत छायांकन हुने फिल्मलाई विकासराज आचार्यले निर्देशन गरिरहेका छन् । पुरुषोत्तम प्रधानले खिच्ने फिल्म अर्को वर्ष रिलिज हुनेछ । निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij