बाँपीझ्याला, काठमाडौं । साम्राज्ञी शाह र जितु नेपाल अभिनित फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । जितुले कात्तिक २५ गते फिल्म रिलिज नहुने जानकारी दिए । ‘केही दिनमै नयाँ प्रदर्शन मिति घोषणा हुन्छ,’ उनले भने, ‘तर पूर्वनिर्धारित मितिमा फिल्म आउने छैन ।’
साम्राज्ञी र जितुको प्रमुख भूमिका रहेको यो फिल्म कमेडी कथावस्तुमा आधारित छ । निर्देशक कपिल रिजाल पनि यतिबेला लण्डनमा छन् । जितुले फिल्म पोष्टपोन्ड हुनुको कारणबारे खुलाएनन् ।
सोही मितिमा आउने भनिएको अर्को नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ पनि रिलिज नहुने भएको छ । उक्त मितिमा नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ पनि प्रदर्शन हुँदैछ । चुनावका कारण प्रदर्शन रोकिएको जनाइए पनि उक्त मितिमा ‘उचाइ’ पनि आउने भएपछि निर्माताले फिल्म प्रदर्शन गर्न नचाहेको देखिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij