Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की मुम्बई पुगे

बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की मुम्बई पुगे

बाँपीझ्याला, काठमाडौं । बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि विपिनले २८ दिने छायांकन सेड्युल रहेको जानकारी दिए । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् ।

‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो । बलिउड डेब्युलाई लिएर आफू उत्साहित रहेको विपिनले बताए ।

‘म आफ्नो तर्फबाट मेन्टल्ली रेडी छु । मेरो करिअरका लागि पनि यो महत्वपूर्ण हुनेवाला छ,’ विपिनले भने । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा विपिन पनि खलपात्रमध्येकै एक चरित्रमा देखिंदैछन् । फिल्ममा रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना लगायतको प्रमुख भूमिका छ । आईएमडीबीका अनुसार यो फिल्म सन् २०२३ को अगस्ट ११ मा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार