बाँपीझ्याला, काठमाण्डौं । ‘बाबरी’ले पहिलो अन्तर्राष्ट्रिय टुर अस्ट्रेलियाबाट थालेको छ । फिल्मका प्रमुख कलाकार धीरज मगर र अदिती बुढाथोकी मेलबर्नतर्फ प्रस्थान गरेका छन् ।
घरेलु बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न नसकेको रोमान्टिक ड्रामाको अबको व्यावसायिक आशा डायस्पोरामा निर्भर हुनेछ । नेपाली फिल्मको ठूलो अन्तर्राष्ट्रिय बजार अस्ट्रेलियाबाट फिल्मलाई राम्रै व्यावसायिक फाइदा हुने अपेक्षा छ ।
अस्ट्रेलियाली सहरपछि ‘बाबरी’ टोली हङकङतर्फ जानेछ । शनिबार राति अस्ट्रेलियातर्फ प्रस्थान गर्दैगर्दा धीरज र अदिती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग गफिए ।
क्याजुअल पहिरनमा भेटिएका दुवै जनाले अस्ट्रेलियाली फ्यानसँग फिल्म हेर्न आफूहरु आतुर रहेको बताए । ‘हामी पहिलो टुरको लागि अस्ट्रेलियातिर उडेका छौं । फ्यानसँग फिल्म हेर्न आतुर छौं,’ धीरजले भने ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij