बाँपीझ्याला, काठमाडौं । उल्लेख्य शोसहित रिलिज भएको फिल्म ‘हिजोआजका कुरा’ले बक्स अफिसमा निराशजनक ओपनिङ गरेको छ । मल्टिप्लेक्सले आइतबार भारी संख्यामा शो कटौती गरेका छन् । क्यूएफएक्सले आइतबार फिल्मलाई उपत्यकाका फ्रेन्चाइज हलमा जम्मा पाँच शो उपलब्ध गराएको छ, जुन न्यून हो । कुनैबेलाको हिट टीभी श्रृंखला र मल्टिस्टारर फिल्म भएकाले फिल्मले सुखद् ओपनिङ गर्ने अपेक्षा गरिएको थियो, तर सन्तोष पन्तको जादू चलेन ।
अब सप्ताहन्तमै ओपनिङ गर्न नसकेको यो फिल्मले विकडेजमा आफ्नो उपस्थितिलाई कसरी दर्शाउँछ, त्यो महत्वपूर्ण प्रश्न हो । किनभने शनिबार बिहान समेत क्यूएफएक्सको बढी ‘रेभेन्यु’ आउने हलमध्येको भक्तपुरमा जम्मा १० प्रतिशत अकुपेन्सी थियो । केही तत्व जसले गर्दा ‘हिजोआजका कुरा’ले बक्स अफिसमा आफूलाई अब्बल सावित गर्न सकेन ।
मुख्यतः यसको ट्रेलरले दर्शकमाझ अपील सिर्जना गर्न सकेन । रिलिजअघि जुन खालको गति र आकर्षण ट्रेलरसहित पब्लिसिटीले गर्नुपर्थ्यो त्यो हुन सकेन । कम्तीमा कलाकारको कारण पनि दर्शकको अकुपेन्सी राम्रै हुने आशा थियो । त्यो पनि भएन, फिल्म कलाकारले होइन कन्टेन्टले चल्नुपर्छ भन्ने दर्शकीय चेतना र सोच ओपनिङमा बाधक बनिदियो । सन्तोष पन्त, ऋचा शर्मा, दिव्यदेवजस्ता चल्तीका कलाकारको उपस्थिति हुँदा पनि दर्शकले रुचाएनन् । ओपनिङमा स्टारडमको पनि अर्थ हुन्छ ।
‘हिजोआजका कुरा’ टीभीमा आउन छाडेको दशक बितिसकेको छ । यसबीचमा एक पुस्ताको खाडल बनिसक्यो । नयाँ पुस्तालाई त्यतिबेलाको टीभी श्रृंखलाबारे जानकारी छैन । नयाँ पुस्तासँग त्यो ब्रान्ड जोडिन सकेन ।
कमजोर समीक्षा अर्को मुख्य कारण हो । ओपनिङ कमजोरै भए पनि बलियो वर्ड अफ माउथ भए फिल्मले आइतबारदेखि पिकअप लिन्छ । तर ‘हिजोआजका कुरा’को हकमा यो पनि भएन । समीक्षकले कमजोर फिल्म भन्दै यसको आलोचना गरे । ‘हिजोआजका कुरा’ कमजोर हुँदाको फाइदा ‘दुई नम्बरी’लाई मिलेको देखिएको छ । बरु दोस्रो शनिबार पनि दयाहाङ राई स्टारर यो फिल्म बक्स अफिसमा आक्रामक रह्यो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij